काठमाडौं ६ मा कांग्रेसका भीमसेनदाश बिजयी



काठमाडौं । काठमाडौं क्षेत्र नं. ६ मा कांग्रेसका भीमसेनदाश प्रधान बिजयी भएका छन् । निकटतम प्रतिद्वन्द्धी माओवादी नेता झक्कु सुवदेदीलाई हजार भन्दा बढी मतान्तरले प्रधानले जितेका हुन् ।

प्रधानले १६ हजार ४ सय मत ल्याए भने सुवेदीले १५ हजार ६ सय मत ल्याएका छन् ।

सुवेदीले २०६४ को संविधानसभाको निर्वाचनमा तत्कालीन एमाले महासचिब माधवकुमार नेपाललाई चुनाबमा हराएर चर्चा कमाएका थिए । अहिलेको सरकारका रक्षामन्त्री प्रधानसँग भने एमालेको समर्थन पाउँदा पनि सुवेदी पराजय भएका हुन् ।


पुष्प दुलाल