नोकिया मोवाइल दोस्रो इनिङको तयारीमा



nokia-11

काठमाडौं । एक जमानामा मोबाईल बजारमा एकछत्र राज गरेको नोकिया फोन कम्पनीले स्मार्ट फोन बनाउने भएको छ ।

बर्षौ पहिले नोकियाले चर्चित मोबाइल सेटहरु बजारमा ल्याएको थियो । तर स्मार्ट फोनहरुको उदय पश्चात नोकिया क्रमश बजारबाट विस्थापित भएको थियो ।

सिस्टम अपडेट गर्न नसकेर बजारबाट टाट पल्टिन लागेको  नोकियालाई माइक्रोसफ्ट कम्पिनीले ७ दशमलब ६ विलियन अमेरिकी डलरमा किनेको थियो ।

पछिल्ला दिनमा नोकियाले स्मार्ट फोन बजारमा ल्याउने हल्ला चल्न थालेको छ । त्यो हल्लालाई सहि ठराउदै नोकियाले सन् २०१७ मा आधिकारीक रुपमै स्मार्ट फोन बजारमा भित्राउने  घोषणा गरेको छ ।

तर नोकियाले आफैले स्मार्ट फोन निर्माण गर्न लागेको हैन, HMD नामको कम्पनीले नोकियाकै पेटेन्ट र ब्रान्डिङको प्रयोग गरेर स्मार्ट फोन बनाउन लागेको हो । यी मोबाइल सेट विश्वको सबैभन्दा प्रचलित अपरेटिङ सिस्टम ‘एनरोइड सिस्टम’ अन्तरगतको हुनेछ ।

कम्पनीले स्मार्टफोन निमार्णको घोषणा गर्दा  फोनमा समावेश हुने विषेशताहरु सार्वजनिक गरेको छैन । कम्पनीका अनुसार अर्को वर्षको फेब्रुअरीमा स्पेनको बार्सिलोनामा हुने ‘मोबाइल वल्र्ड क्राइग्रेस’ मा यसमा समावेश हुने विषेशताहरु सार्वजनिक गरिने सम्भावना रहेको छ । एजेन्सीको सहयोगमा


क्लिकमान्डु