पूरा भयो गोविन्द केसीको माग, आइओएमका डिन केपी सिंहले दिए राजिनामा



keshab-prasad-singhकाठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केशबप्रसाद (केपी) सिंहले शुक्रबार राजीनामा दिएका छन् । सिंहले त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष राजीनामा बुझाएका हुन् ।

त्रिविले सिंहलाई डिन नियुक्त गरेकै दिन शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा( गोविन्द केसीले उनलाई बर्खास्त गर्नुपर्ने माग राख्दै आमरण अनसन बसेका थिए ।

त्रिभुवन विश्वविद्यालयले सिंहलाई २० दिनअघि आइओएमको डिनमा नियुक्त गरेको थियो । डा. केसी बरिष्ठताका आधारमा डिन नियुक्ती गर्नुपर्ने भन्दै अनसन बसेका थिए ।


क्लिकमान्डु