ज्ञानेन्द्रलाल प्रधान भन्छन्, सेयर बजार र घरजग्गाबाट कहिल्यै घाटा हुँदैन



काठमाडौं । सेयर बजार घटेर लगानीकर्ताहरु आत्तिइरहेका बेला घरजग्गा, सेयर बजार र हाइड्रोका ठूला लगानीकर्ता मानिने ज्ञानेन्द्रलाल प्रधानले यो क्षेत्रमा गरिएको लगानीबाट कहिल्यै घाटा नहुने बताएका छन् ।

कम्पनी कोल्याप्स भएको र कसैले जग्गा खाइदिएको अवस्थामा बाहेक यी क्षेत्रमा गरिएको लगानीबाट घाटा नहुने उनको भनाई छ ।

‘घरजग्गा र सेयर बजार केही दिन घटेपनि दीर्घकालमा कम्तीमा १५ देखि २० प्रतिशत प्रतिफल हुन्छ, यी सँधै बढिरहने क्षेत्र हुन्,’ प्रधानले क्लिकमाण्डूसँग भने ।

तर, यी क्षेत्रमा ऋण गरेर लगानी गर्ने लगानीकर्ता भने डुब्ने प्रधानले दाबी गरे । बैंकबाट ऋण लिएर घरजग्गा र सेयरमा लगानी गर्ने लगानीकर्तालाई आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउन उनको सुझाब छ ।

‘रियलस्टेट र सेयर बजारमा बैंकबाट ऋण लिएर व्यवसाय गर्नुहुन्छ भने तपाईँ पक्कैपनि डुब्नुहुन्छ, जुन विगतका इतिहासहरुले पुष्टि गर्दै पनि आएका छन्,’ उनले भने ।

ऋण नगरी लगानी गरेमा आफ्नो मूल्यमा बेच्न पाउने भएकाले कहिल्यै पनि घाटा खानु नपर्ने उनको भनाई छ ।

‘यी दुबै क्षेत्रमा मेरो अर्बौं लगानी छ, तर ऋण शून्य छ । त्यसैले मैले सेयर बजार र रियलस्टेटमा गुमाउने होइन कमाउने गर्छु,’ उनले भने ।


पुष्प दुलाल