बाफियाः अध्यक्ष र कार्यकारी प्रमुखको कार्यकाल तोकिएन, पहिला नै खारेज भइसकेको पद सिर्जना गरियो



काठमाडौं । ब्यवस्थापिका संसदले मंगलबार पारित गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) पश्चगामी देखिएको छ ।

नेपाल राष्ट्र बैंकले यसअघि नै खारेज गरिसकेको पद सिर्जना गरेको कारण बाफिया पश्चगामी देखिएको हो । पूर्वगभर्नर डा. युबराज खतिवडाको पालमा खारेज गरिएको कार्यकारी अध्यक्ष र प्रबन्ध संचालक भन्ने पद बाफियाले सिर्जना गरेको छ ।

अध्यक्ष र कार्यकारी प्रमुखको कार्यकाल तोक्ने विषयमा बाफियामा यस्तो पद सिर्जना गरेको छ । अध्यक्ष वा कार्यकारी प्रमुखको कार्यकालको कुरा बाफियामा उल्लेख गरिएको छैन ।

समस्यामा रहेका अधिकांश बैंक तथा वित्तीय संस्थामा कार्यकारी अध्यक्ष वा प्रबन्ध संचालक रहेका कारण राष्ट्र बैंकले त्यस्तो पद नै खारेज गरिदिएको थियो ।

अध्यक्ष र कार्यकारी प्रमुखको कार्यकालको विषयमा तिब्र विबादमा फसेको बाफियमा पहिला नै खारेज गरिसकेको पद सिर्जना गरेर त्यसको मात्रै कार्यकाल तोकिएको छ । यही विबादको कारण गत जेठ १३ गते संसदमा पेश भएको बाफिया परिमार्जन सहित पेश गर्न भन्दै गतअसार २० गते पुन अर्थसमितिमा पठाइएको थियो ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्ष वा संचालक पदमा सांसद बस्न नहुने आवाज उठे पनि संबैधानिक पद धारण गरेको ब्यक्ति मात्र हुन नपाउने उल्लेख गरिएको छ । संबैधानिक पद धारण गरेको ब्यक्ति को हो भन्ने ब्याख्या ऐनमा छैन ।


क्लिकमान्डु