प्रहरी प्रमुखमा तेस्रो बरियताका चन्द नियुक्त



काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षकमा तेस्रो बरियताका डिआइजी जयबहादुर चन्द नियुक्त भएका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले चन्दलाई प्रहरी प्रमुखमा नियुक्ति गरेको हो ।

पहिलो बरियतामा डिआइजी नवराज सिलवाल र दोस्रोमा प्रकाश अर्याल भएपनि कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा सरकारले आगामी ३ वर्षे कार्यकालका लागि चन्दलाई प्रहरीको नेतृत्व सुम्पिएको हो ।

प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालको ३ वर्षे कार्यकाल यही फागुन ३ गते सकिँदैछ । अर्यालको बहिर्गमनसँगै रिक्त हुने पदमा सरकारले चन्दलाई नियुक्त गरेको हो ।

त्यसैगरी, मन्त्रिपरिषदले शशस्त्र प्रहरी बलको प्रमुखमा डिआइजी सिंहबहादुर श्रेष्ठलाई नियुक्ति गरेको छ ।


पुष्प दुलाल