बचतको ब्याजदर कल डिपोजिटको भन्दा बढी, ऋणीले दुई विवरण पेश गरे बैकिङ कसुर



काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत खाताको ब्याजदर कल डिपोजिटको भन्दा बढी हुने व्यवस्था गरेको छ । आज मौद्रिक नीतिको मध्यावधी समीक्षा मार्फत राष्ट्र बैंकले बचतको ब्याजदर बढाउनको यस्तो व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले बचतको ब्याजदर बृद्धि नगर्ने तथा नयाँ मुद्दतीको मात्र ब्याजदर बढाएपछि राष्ट्र बैंकले बचतको ब्याजदर बढाउन नीतिगत व्यवस्थामा परिवर्तन गरेको हो । बैंक तथा वित्तीय संस्थामा साधरणतया बचत,मुद्दती तथा कल डिपोजिटमा पैसा राख्ने गरिन्छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले कल डिपोजिटलाई यथार्थ र पारदर्शी बनाउनको लागि कलको भन्दा बचतमा बढी ब्याजदर दिनुपर्ने व्यवस्था गरेको बताए । तरलता अभाव भएपछि कतिपय बैंकले नक्कली कल डिपोजिटपनि खडा गरेका थिए ।

यस्तै केन्द्रीय बैंकले ऋणीले बैंक तथा वित्तीय संस्थामा दुई विवरण पेश गरेमा बैकिङ कसुर लाग्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु