ल्यारक्याल लामाले भने- चर्को व्याजदर लिने बैंक बन्द गर्नुपर्छ



काठमाडौं । एमाओवादीका सांसद ल्यारक्यार लामाले चर्को व्याजदर दिने बैंकलाई बन्द गर्नुपर्ने बताएका छन् । व्यवस्थापिका सांसदको अर्थ समितिको मंगलबार बसेको बैठकमा लामाले यस्तो बताएका हुन् ।

समितिको मंगलबार बसेको बैठकले लामासहित ५ जना सांसद रहनेगरी बैंकिङ क्षेत्रको समस्या समाधान गर्ने उपसमिति समेत गठन गरेको छ ।

‘अहिले बैंकहरुले सर्वसाधारणसँग कर्जामा १६/१७ प्रतिशतसम्म व्याज लिन्छन् तर निक्षेपकर्तालाई भने ३ प्रतिशत मात्रै दिन्छन्,’ लामाले भने- ‘यसरी सर्वसाधारणसँग महंगो व्याजा लिने बैंक बन्द गर्नुपर्छ । म अर्थमन्त्री भएको भए यस्ता बैंक बन्द गर्दिन्थेँ ।’

त्यतिमात्रै होइन, सांसद लामाले बैंकहरुले कर्जामा ३० प्रतिशतसम्म व्याज लिएको आरोप लगाए ।

‘आफ्नो तलब बढी खान र बोनस दर बढाउन बैंकका कर्मचारीले कर्जामा अत्यधिक बढी व्याज लिइरहेका छन्,’ उनले भने ।

राष्ट्र बैंक, अर्थ मन्त्रालय र अर्थ समितिले यो विषय हेर्नुपर्ने लामाको माग छ ।

यो पनि पढ्नुहोस्- बैंक लकरमा बन्दुक राख्ने ल्यारक्याललाई बैंकिङ क्षेत्रको समस्या समाधान गर्ने जिम्मा


पुष्प दुलाल