चीनसँगको व्यापारमा घाटा बढ्दै गयो: अर्थमन्त्री महरा



काठमाडौं ।  तथा अर्थमन्त्री कृष्ण बहादर महराले नेपाल र चीनबीचको व्यापारमा नेपालको व्यापारघाटा बढ्दै गएको बताएका छन् ।

व्यापार बृद्धि भएपनि नेपालले ठूलो व्यापार घाटा व्यहोरी रहेको अर्थमन्त्रीको भनाई छ । ‘आउँदा दिनहरुमा आपसी समझदारीबाट दुई देश वीचको सम्बन्ध अझ सदृढ पार्दै बढ्ने हो।’ महराले नेपाल–चीन उद्योग वाणिज्य संघको चौधौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै भने ।

नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेश काजी श्रेष्ठले दुई देश वीचको आर्थिक सम्बन्धलाई प्रवद्र्धन गर्ने सन्दर्भमा व्यापार तथा लगानी बढाउन संघले काम गरेको बताए ।

संघले दुई देश वीचको आपसी व्यापार, लगानी एवं पर्यटन प्रवद्र्धन आदि क्षेत्रको सम्भावनाहरुको पहिचान एवं परिचालन गर्ने र यस क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि पहल गरेको उनले जोड दिए । ‘नेपाल सिल्क रोड अन्तर्गत वन बेल्ट वन रोड आवद्ध भइसकेको हुँदा त्यस अनुरुप कार्य अगाडी बढाउनु पर्ने छ’ श्रेष्ठले भने, ‘नेपालका ठुला परियोजनाहरुको चीनीया लगानी आवश्यक छ ।’

नेपाल सरकारका पूर्व वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझाले ओभीओरको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

चीनीया महामहिम राजदुत यु होङले चीन सरकार नेपालको विकासमा सदैव साथ रहिआएको तथा नेपाल चीन उद्योग वाणिज्य संघले दुइ पक्षीय आर्थिक तथा व्यापारिक सम्बृद्धिका लागि महत्वपुर्ण भुमिका खेलेको कुरा बताइन् । चीनीया राष्ट्रपति सि जिङपीङले सन् २०१३ मा ओबीओआरको अवधारणा १०० भन्दा बढी देशहरुले समर्थन गरिसकेको कुरा बताइनन् ।

कार्यक्रममा दुई देश वीचको आर्थिक, व्यापारिक, लगानी तथा पर्यटन वृद्धिमा सहयोग गर्ने विभिन्न फर्म कम्पनीहरुलाई कदर पत्र प्रदान गरिएको थियो । संघमा लामो समयसम्म निष्ठापूर्वक सेवा गर्ने दुई कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

 


क्लिकमान्डु