बीमा कम्पनीहरुको चुक्ता पूँजी ४ गुणाले बढाइयो



काठमाडौं । बीमा कम्पनीहरुको चुक्ता पुँजी ४ गुणाले बढाइएको छ । बीमा समितिले शुक्रबार सबै बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै यस्तो ब्यवस्था गरिएको जानकारी दिएको हो ।

नयाँ ब्यवस्था अनुसार जीबन र निर्जीबन दुबै प्रकारका बीमा कम्पनीको चुक्ता पुँजी ४ गुणाले बढाउने निर्णय गरिएको समितिका निर्देशक श्रीमान कार्कीले जानकारी दिए ।

‘जीबन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब र निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुने ब्यवस्था गरिएको छ,’ निर्देशक कार्कीले क्लिकमाण्डूसँग भने ।

अहिले जीबन बीमा कम्पनीहरुको चुक्ता पुँजी कम्तिमा ५० करोड रुपैयाँ र निर्जीबन बीमा कम्पनीहरुको चुक्ता पुँजी २५ करोड रुपैयाँ हुनुपर्ने ब्यवस्था छ ।

यसरी बढाइएको चुक्ता पुँजी कम्पनीहरुले आगामी २०७५ को असार मसान्तसम्ममा पुर्याइ सक्नुपर्ने ब्यवस्था गरिएको छ ।


क्लिकमान्डु