राजनीतिक संक्रमणकाल सकियो, अब आर्थिक विकास: प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा राजनीतिक संक्रमणकाल नरहेको घोषणा गरेका छन् ।

एक दशक लामो जनयुद्धपछि पनि एक दशक मुलुकमा राजनीतिक संक्रमणकाल रहेको तर नयाँ संविधानको घोषणा भएसँगै संक्रमणकाल सकिएको बताए ।

‘मुलुकमा राजनीतिक स्थिरता कायम भइरहेको छ, अबको युग आर्थिक विकासको हो,’ लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने ।

अब विकासको युगमा प्रवेस गनुपर्ने भएकाले नेपालमा ठूलो लगानीको आवश्यकता परेको उनले बताए ।

सरकारको ध्यानाकर्षण लगानी आकर्षण गर्नमा रहेको उनकामे भनाई छ । सबै राजनीतिक दलका नेताहरु विकासप्रति संवेदनशील रहेको उनले बताए ।

‘हामी लगानीको सुरक्षा हुन्छ भनेर ग्यारेन्टी गर्छौ,’ उनले भने । नेपालले भारत र चीनबाट फाइदा लिनुपर्ने प्रचण्डको भनाई थियो ।


पुष्प दुलाल