मलेसियाबाट काठमाडौंसम्म रेल !




काठमाडौं । मलेसियाका पूर्वयातायात मन्त्री डा. एम केभास मलेसियाको क्वालालाम्पुरबाट काठमाडौंसम्म रेल सञ्जाल जोड्न प्रस्ताब गरेका छन् ।

अबको युग कनेक्टिभिटी (सञ्जाल)को युग भएको बताउँदै केभासले यस्तो प्रस्ताब गरेका हुन् ।

‘अब पूर्वाधारमा ठूलो रकम खर्च गर्नुपर्छ, मलेसियाको क्वालालाम्पुदेखि काठमाडौंसम्म रेल सञ्जाल जोड्नका लागि मलेसिया सकरात्मक छ,’ काठमाडौंमा भएको अन्तर्रारष्ट्रिय लगानी सम्मेलनलाई सम्बोधन गर्दै डा. केभासले भने ।

केभासले प्रस्ताब गरेको रेलमार्ग मलेसियादेखि चीनको सिगात्से हुँदै काठमाडौं आउने छ ।

मलेसियाले पूर्वाधार विकासमा ठूलो रकम खर्च गरेको उदाहारण दिँदै मलेसियादेखि काठमाडौंसम्म रेल सञ्जाल जोड्न सकिने बताएका हुन् ।


पुष्प दुलाल