विद्युत् प्राधिकरणलाई नाफामा लैजान कुलमानले ल्याए नयाँ शूत्र



काठमाडौं । नेपाल विद्युत प्राधिरकणका प्रवन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई नाफामा लैजानको लागि विजुलीको प्रयोग अनुसारको मुल्य तोक्ने बताएका छन् ।

काठमाडौंमा जारी लगानी सम्मेलनमा प्राधिकरणलाई नाफामा लैजाने फर्मुला प्रस्तुत गर्दै घिसिङले भने,‘ अहिले २४ घण्टासम्मको विजुलीको मुल्य एउटै । अत्याधिक चाप हुने समयमा मुल्य बढी र चाप नहुँने समयमा मुल्य कम गरेकामा प्राधिकरण नाफामा जान्छ ।’

प्राधिकरणकका प्रमुख बनेपछि काठमाडौं उपत्यकालाई लोडसेडिङ मुत्त बनाएका घिसिङले प्राधिकरणलाई नाफामा लैजानको लागि नयाँ फर्मुला ल्याएका हुन् । प्राधिकरण अहिले अत्याधिक घाटामा रहेको छ ।


पुष्प दुलाल