चौधरी समूहले सूचना प्रविधिमा अढाई अर्ब लगानी गर्ने निर्वाण चौधरीको घोषणा



काठमाडौं । नेपालको ठूलो व्यावसायिक घराना चौधरी समूह (सिजी ग्रुप) ले सूचना प्रविधि (आइटी) क्षेत्रमा लगानी गर्ने घोषणा गरेको छ ।

राजधानीमा भइरहेको लगानी सम्मेलनमा चौधरी समूहका निर्देशक निर्वाण चौधरीले आईटी क्षेत्रमा २५ मिलियन डलर अर्थात् २ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरे ।

सिजीले निकट भविष्यमै मोवाइल वालेट सार्वजानिक गर्ने उनले जानकारी दिए ।

‘अबको युग सूचना प्रविधिको युग हो, चौधरी समूहले यो क्षेत्रमा ठूलो लगानीको तयारी गरिरहेको छ,’ चौधरीले भने ।

चौधरी समूहका अध्यक्ष बिनोद चौधरीलाई श्विविख्यात म्यागेजिन फोब्र्सले डलर अर्वपतिको सूचिमा राखिसकेको छ । फोब्र्सको अर्बपतिको सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन् ।

पछिल्लो समय नेपालमा आइटी क्षेत्रमा लगानीकर्ताहरुको चासो बढ्दै गएको छ ।  हाल नेपालमा ब्रोडब्याण्ड र आइसीटी पोलिसी गरी सूचना प्रविधि सम्बन्धी २ नीति छन् ।


पुष्प दुलाल