नेपालको कृषि क्षेत्रमा १ अर्ब लगानी गर्ने बंगलादेशको प्रतिवद्धता




काठमाडौं । बंगलादेशले नेपालको कृषि क्षेत्रमा १ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । लगानी सम्मेलनमा कृषिमा घोषणा गरिएको यो सबैभन्दा ठूलो लगानी हो ।

बंगलादेशमा लिचीको जुस उत्पादन गर्दै आएको एक बंगलादेशी कम्पनीले नेपालको कृषि क्षेत्रमा १ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

‘बंगलादेशको एक कम्पनीले नेपालको कृषि क्षेत्रमा १ अर्ब लगानी गर्ने प्रतिवद्धता जनाएको छ,’ सीइओ अधिकारीले क्लिकमाण्डूसँग भने,- ‘लगानी सम्मेलनमा कृषिका लागि घोषणा गरिएको यो सबैभन्दा ठूलो रकम हो ।’

लगानीकर्ताहरुले यातायात, पूर्वाधार र जलविद्युतमा सबैभन्दा बढी लगानीको प्रतिवद्धता गरेको उनले जानकरी दिए ।

लगानी सम्मेलनको उपलब्धि बारे शुक्रबार दिउसो साढे ३ बजे सरकारले प्रेस मिट गरि सार्वजानि गर्दै छ ।

स्रोतहरुका अनुसार सम्मेलनमा विदेशी लगानीकर्ताहरुले १४ खर्ब बढीको लगानीको प्रतिवद्धता गरेका छन् ।


पुष्प दुलाल