माओवादी सरकारका ‘मास्कबादी’ जनता (फोटोकथा)



काठमाडौं । यतिबला मुलुकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शासक छन् । र, हामी जनता शासित छौं । त्यो पनि माक्सबादी होइन, मास्कबादी भएर ।

मुलुकलाई १० वर्षमा सिंगापुर बनाउँछु भनेर प्रचण्डलगायतका नेताहरुले खुल्लामञ्चबाटै घोषणा गरे । तर, ०६२ ६३ पछि माओबादीले ३ पटक सत्ताको नेतृत्व गर्यो । तर, मुलुक जहाँको त्यहीँ छ ।

राजधानी काठमाडौं बासिन्दाले दैनिक कस्तो पीडा खपिरहेका छन् भनेर हामी तपाईहरुलाई सप्रमाण देखाउँदैछौं । विस्तारका नाममा भत्काइएका सडकहरु समयमा नबन्दा राजधानीबासीहरुले मास्कबिना हिँड्न सक्ने अवस्था छैन ।

संविधानको धारा ३० को उपधारा ९ सय १० मा प्रत्येक नागरिक स्वच्छ तथा स्वस्थ्य वातावरणमा बाँच्न पाउने व्यवस्था गरिएको छ । त्यतिमात्र होइन, प्रदूषणबाट हुने क्षतिबापत पीडितलाई पीडकबाट क्षतिपूर्ति भराउने भन्ने संविधानकै उपधारा ९ सय २० मा उल्लेख छ । तर, संविधानको सोही धाराको उपयोग राजधानीबासीले गर्न पाएका छैनन् । न त उनीहरुले पीडकबाट कुनै क्षतिपूर्ति नै पाएका छन् ।


पुष्प दुलाल