पुलिसभित्र राजनीतिः डीआईजी नवराज सिलवाल पक्राउ



काठमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । सिलवाललाई प्रहरीले सोमबार बिहान १० बजे बालुवाटारबाट पक्राउ गरेको हो ।

बालुवाटारमा रहेको वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीको एक टोलीले पक्राउ गरी हिरासतमा लिएको हो ।

कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोबारे प्रहरीले सिलवालमाथि छानविन गरिरहेको छ ।

छानविन समितिले बयानका लागि बोलाउँदा उनी उपस्थित भएका थिएनन् । बयान दिन अनुपस्थित भएपछि सिलवाललाई प्रहरीले पक्राउ गरेको हो ।

बयानका लागि जाने कि नजाने भन्ने विषयमा अधिवक्ता थापासँग कानुनी परामर्श लिइरहेकै अवस्थामा उनी पक्राउ परेका हुन् । सिलवालसँगै प्रहरीले अधिवक्ता थापालाई पनि पक्राउ गरेको छ ।

नयाँ आइजीपी नियुक्तिको विषयमा सिलवालले असन्तुष्टि जनाउँदै आएका थिए । सरकारले केही समय अघि प्रहरीको आइजीपीमा प्रकाश अर्याललाई नियुक्ति गरेको थियो ।


पुष्प दुलाल