ललितपुरमा रेल बिस्तारै कुदाउँला, फ्लाइओभर चाहीँ तत्कालै बनाउँछुः चिरिबाबुको अन्तर्वार्ता



२० वर्षपछि स्थानीय निर्वाचन भएको छ । ढिलै भएपनि जनताले आफ्नो घरदैलोको सरकार पाएका छन् । आफ्नो गाउँठाउँको योजना तर्जुमादेखि कार्यान्वयनसम्मको जिम्मेवारी लिने स्थानीय सरकार गठन भएपछि स्थानीयस्तरका विकास गतिविधिले तीब्रता पाउने विश्वास गरिएको छ । नयाँ संविधान बनेपछि राज्य पुनसंरचनासहित गठन गरिएको स्थानीय तह अधिकारसम्पन्न छ । विकास निर्माणका लागि स्थानीय तहमा स्रोत साधनको अभाव छैन । स्थानीय स्तरमै स्रोत छन्, केन्द्रले अनुदान दिन्छ र प्रदेशले सहयोग गर्छ । गाउँमा सिंहदरबार पुगेको अर्थमा लिने हो भने गाउँ वा नगर प्रमुख त्यहाँका प्रधानमन्त्री हुन् ।

पहिलो चरणको स्थानीय तहको निर्वाचन भएको दुई महिना वितिसकेको छ । चुनाबका बेला उम्मेद्वारहरुले विकासका चर्का नारा लगाए । निर्वाचित प्रतिनिधिले शासन गर्न लाथेको पनि डेढ महिना वितिसकेको छ । नवनिर्वाचित प्रतिनिधि आएपछि के कस्ता कामहरु भइरहेका छन् भनेर राजधानीको दोस्रो ठूलो महानगर ललितपूर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग क्लिकमाण्डूका लागि पुष्प दुलालब्रबिमबिक्रम थापाले गरेको कुराकानीः

मेयरको कार्यभार सम्हालेको डेढ महिना भयो । ललितपुर महानगरको अवस्था कस्तो रहेछ त ?

यो अवधिको आधारमा हेर्दा हाम्रो बाहिरी सम्पर्क बेपत्ता राम्रो छ । जनमानसमा हाम्रो सम्पर्क र सम्बन्ध अत्यन्तै राम्रो छ । तर, वितेका १५ वर्षदेखि यो नगर जनप्रतिनिधि बिहिन थियो । यो अबधिमा कर्मचारीतन्त्रले चलाउँदै आएको ह्याङओभर प्रसस्तै बाँकी छ ।

कर्मचारीतन्त्रको ह्याङओभर भनेको के नि ?

यसको अर्थ के हो भने हामी निर्वाचिन जनप्रनितिधिले जुन रफ्तारमा काम गर्न खोजेका थियौं, कर्मचारीतन्त्र हाम्रो रफ्तारमा काम गर्न सक्ने अवस्थामा रहेनछ ।

विकासमा चाहीँ महानगर कस्तो रहेछ ?

चुनाब हुनुभन्दा अघिको र अहिलेको विकासको अवस्थामा खासै फरक छैन । किनभने हामी भर्खर आएका छौं । चुनाबताका हामीले प्रतिवद्धता जाहेर गरेका कुराहरुको कार्यारम्भ गरिसकेका छौं । तर, रिजल्ट देखिन अझै केही समय लाग्छ । पुल्चोकदेखि थापाथलीसम्म डेढ किलोमिटरको फ्लाइओभर बनाउने भनेका थियौं । त्यसको प्रक्रिया अघि बढिसकेको छ । यस विषयमा जापानिज राजदूतसँग गंभीर वार्ता भयो । र, वार्ता सकरात्मक भयो ।

अहँ, हामी वृद्धभत्ता बढाउँदैनौ । र, वास्तममै भन्ने हो भने अहिले जसरी महानगरपालिकाहरुले आफूखुसी वृद्धभत्ता बढाइरहेका छन् । जसमा नेपाल सरकारले हस्तक्षेप गरेर वृद्ध भत्ता बढ्न दिँदैन । र, दिनु हुँदैन पनि ।

निर्वाचित जनप्रतिनिधि आइसकेपछि महानगरबासीले केही फरक अनुभूति गर्न पाए कि छैनन् ?

जनताले धेरै नै फरकको अनुभूति गर्न थालिसकेका छन् । सुशासनको हिसाबमा हामी निकै अघि बढिसक्यौं । निर्वाचित प्रतिनिधिहरुको पहिलो बैठकमै हामीले महानगरका २९ वटै वडाध्यक्षहरुका अघि ७ वटा महाशाखाका प्रमुखलाई अघि राखेर कुनैपनि वडाध्यक्षले ढल फुट्यो, बाटो बिग्रियोलगायतका महानगरले गर्नुपर्ने कामहरु लिखित निवेदनबिनै अघि बढाउन आदेश दिइसकेको छौं ।

मैले महानगरका सबै कर्मचारीहरुलाई बोलाएर १ घन्टामा सकिने काम ६१ मिनेट नलगाउन आदेश दिएको छु । एक दिनमा सकिने काम एक दिनमै सकिनु पर्यो भनेको छु ।

सबै वडाअध्यक्षहरुको साझा समस्या के भयो भने असार मसान्त आयो । असार मसान्तमा खर्च नभएको बजेट फ्रिज हुने त्रास थियो । असोज मसान्तसम्म पैसा खर्च गरे बजेट फ्रिज नहुने व्यवस्था मिलाइदिएँ ।
अहिले जेजति काम भइरहेको छ, त्यो हामी आउनुभन्दा अघि गरिएको टेन्डरको हो । हामी आएको डेढ महिनाको बीचका कुनैपनि नयाँ टेन्डर भएको छैन । तर, पुरानो टेन्डरको पनि अहिले फरक कार्यान्वयन छ । निर्वाचनका दौरानमा मैले ठाउँठाउँमा भाषण गरेको थिएँ, डेढ इन्चभन्दा कमको पीच महानगरलाई स्वीकार्य छैन भनेर ।

डेढ इन्चभन्दा कम पीच गर्नेको बैंक ग्यारेन्टी र भुक्तानी गर्न बाँकी रकम एक वर्षसम्म भुक्तानी नगर्ने घोषणा गरेको थिएँ । र, सो अवधिमा पीच बिग्रिए त्यही पैसाबाट बनाउन लगाउने भनेको थिएँ । म निर्वाचिन भइसकेपछि केही ठाउँमा डेढ इन्चभन्दा कमको पीच बनाएको उजुरीहरु आए । मैले तत्कालै एक्सन लिएँ । र, ठेकेदारले बाध्य भएर फेरि डेढ इन्चको नयाँ पीच गरे ।

अरु के के गर्नुभो त ?

अर्कोकुरा कर्मनाशा खोलामा दायाँ–बायाँ दुबैतिर सार्वजानिक जग्गा मिचेर खोलालाई ढलजस्तो बनाइएको भन्दै महानगरमा केही उजुरीहरु आए । मैले तत्कालै प्राविधिक पठाएर चेकजाँच गर्दा त्यहाँ सार्वजानिक जग्गा मिचिएको पाइयो । दायाँबायाँ लगाइएको पर्खाल हामीले भत्कायौं ।

तर, हामीसँग कम क्षमताका डोजर भएका कारण पुरै भत्काउन सकिनौं । एक चौथाइजति भत्कायौं । तर, त्यहाँ मेला लाग्यो । हामीले रातारात काम सक्न ठूलो क्षमताको डोज झिकायौं । तर, त्यो गरुञ्जेलसम्ममा उच्च अदालतबाट तत्काल केही नगर्नु भन्ने अन्तरिम आदेश आयो । र, हामी अदालतको आदेश मानेर चुप लागेर बसेका छौं ।

महानगरका धेरै बस्तीहरुभित्र अलकत्रा पकाउने प्लान्ट राखिएको छ । त्यसले मानव स्वास्थ्यमा गंभीर असर परेको छ । त्यसलाई हटाउने निर्णय गरिसकेको छु ।

पुल्चोकस्थित राज अशोकले २५ सय वषैअघि आफ्नी छोरीलाई लिएर ललितपुर भ्रमणमा आउँदा यहाँका ४ मुख्य स्थानमध्ये एक स्थानमा बौद्ध स्तुप बनाइएको थियो । यो सम्पदा उपक्षेत्रमा पर्छ । भूकम्पले भत्काएको यो स्तुपा हामी पुनर्निर्माण गर्दैछौं । लालीगुराँस सहकारीले सम्पदा उपक्षेत्रमा परेको स्तुपा मिचेर आफ्नो भवन बनाएको रहेछ । मैले २४ घन्टाभित्र स्तुपाको मिचिएको जग्गा फिर्ता गर्न देश दिएँ ।

महानगरलाई सुन्दर बनाउन थापाथली क्रस गर्ने वित्तिदेखि लगनखेलसम्म सडकको दुबैतिर रहेको फुटपाथमा १५/२० फिट अग्ला रुखहरु चाँडैनै रुख रोपिने छ, जसले रातारात सहरलाई हरियाली र सुन्दर बनाउँछ ।

तर, उसले मेरो आदेश मानेन र उच्च अदालत गयो । उच्च अदालतले तत्काल कारबाही नगर्न, नगराउन अन्तरिम आदेश दियो । तर, लालीगुराँसले भवन बनाउन छाडेन । त्यसपछि मैले त्यो सहकारीको मान्छेलाई यहाँ बोलाएर अन्तरिम आदेश भनेको दुबैलाई लाग्छ, मेरो आदेश नमानी भवन बनाइरहन्छौ भने तिमीलाई ल्याएर थुनिदिन्छु भनेर थ्रेट गरेँ । अनि उसले भवन बनाउन छाड्यो ।

ललितपुर महानगरभित्र पनि ट्राफिक जामको समस्या उस्तै छ, यो समस्या हटाउन के गर्दै हुनुहुन्छ ?

ललितपुर महानगरभित्र पुल्चोकदेखि थापाथलीसम्म फ्लाइओभर राख्ने हो । त्यसबाहेक अन्यत्र ठाउँमा फ्लाइओभर राख्न संभव छैन । किनभने १४ सय वर्ष पुरानो रातो मछिन्द्रनाथको रथ जात्रा ललितपुरका धेरै ठाउँमा हुन्छ । रथको लिंगो निकै अग्लो हुने भएकाले ललितपुर महानगरका धेरै ठाउँमा फ्लाइओभर बनाउन संभव नभएको हो ।

तर, चक्रपथले छुने ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खुलगायतका स्थानहरुमा भने मिनि फ्लाइओभर र स्काइ ब्रिज बनाउने सोच बनाएका छौं ।

 उपत्यकामा १० हजारको हाराहारीमा ट्याक्सी छन् । पिक आवरमा ट्याक्सीलाई जोर बिजोर गरी चलाउने हो भने पनि ट्राफिक जामको समस्यालाई केही नियन्त्रण गर्न सकिन्छ । जोर बिजोर सिस्टम लगाउने बित्तिकै पिक आवरमा ५ हजार मात्रै ट्याक्सी चल्छन् ।

नेपाल मात्रै यस्तो देश हो, यहाँ सबै कार्यालयहरु १० बजे लाग्छन् । र, ५ बजे बिदा हुन्छन् । हाम्रो सडक सानो छ जसकारण कार्यालय समय उपत्यकाबासीले ट्राफिक जामको ठूलो समस्या भोग्नु परेको हो । त्यसैले गृहमन्त्रीले बोलाएको छलफलमा मैले ट्राफिक जाम हुने पिक आवरको म्यानेजमेन्ट गरेर अल्पकालका लागि समस्याको समाधान निकाल्न सकिने प्रस्ताब गरेँ ।

सरकारले निजी, सरकारी र सरकारी संस्थानहरुको कार्यालय समय फरक फरक तोक्ने होभने तत्कालका लागि पिक आवरको ट्राफिक जामको समस्याका न्यूनिकरण हुन्छ । जस्तो कि अहिले सबै कार्यालयहरु १० बजे लाग्ने भएकाले कर्मचारीहरु सो समयमा कार्यालय पुग्न घरबाट निष्कन्छन् । एकै समय लाखौं मान्छेहरु सवारी लिएर सडकमा निष्कँदा ठूलो ट्राफिक जाम भएको हो ।

निजी क्षेत्रमा काम गर्ने कर्मचारीको कार्यालय समय ९ बजे, निजामति कर्मचारीलाई १० बजे र संस्थानका कर्मचारीलाई ११ बजे कार्यालय समय तोक्ने र सोही अनुसार साँझ कार्यालय बिदा हुने समय तोक्ने हो भने अहिलेको ट्राफिक जाम धेरै हदसम्म नियन्त्रणमा आउँछ । मैले यो प्रस्ताब गर्दा गृहमन्त्रीजीले ‘हो त हैं साँच्चि’ भन्ने प्रतिक्रिया दिनुभएको छ । अब कार्यान्वयन गर्नु हुन्छ वा हुन्न त्यो त उहाँको कुरा हो ।

त्यसैगरी, पिक आवरमा ट्याक्सीलाई जोर बिजोर गरी चलाउने हो भने पनि ट्राफिक जामको समस्यालाई केही नियन्त्रण गर्न सकिन्छ । उपत्यकामा १० हजारको हाराहारीमा ट्याक्सी छन् । जोर बिजोर सिस्टम लगाउने बित्तिकै पिक आवरमा ५ हजार मात्रै ट्याक्सी चल्छन् । यी दुई उपाय त अल्पकालका लागि मात्रै हो । दर्घकालका लागि पूर्वाधारको विकास गर्नु जरुरी छ ।

पुल्चोकदेखि थापाथलीसम्म फ्लाइओभर बनाउन कति खर्च लाग्ने रहेछ ?

अहिले नै ठ्याक्कै यति खर्च लाग्छ भन्न सक्ने अवस्था छैन । तर, ३ अर्ब रुपैयाँको हाराहारीमा यो प्रोजेक्ट पूरा हुन्छ भनेर प्रारम्भिक आंकलन गरिएको छ ।
फोहोरको व्यवस्थापन कसरी गर्दैहुनुहुन्छ ?

फोहोर व्यवस्थापनका बारेमा कुनैपनि सन्धी सम्झौताहरु नगर्नु भनेर नेपाल सरकारले हामीलाई भनेको छ । त्यसैले हामीले तत्काल फोहोर व्यवस्थापनका बारेमा सोचेका छैनौं ।

काठमाडौं महानगरपालिकाको मेयरले महानगरभित्र रेल चलाउँछु भन्नुभएको छ, काठमाडौंसँग ललितपुरलाई रेलले कसरी जोड्ने ?

यहाँ कुराचाहीँ एकदमै हाइफाइ तरिकाको गरिन्छ । काम हुन्छ हुन्न भन्ने कुरा थाहा छैन । मैले फइओभरकै कुरा गर्दा पनि धेरै मान्छेहरुले चिरिबाबुले यो काम गर्न सक्दैन भनिरहेका छन् । तर, म विश्वस्त छु कि म फ्लाइओभर बनाउन सक्छु । र, बनाएर देखाउँछु पनि । म कुरा गरेरभन्दा काम गरेर देखाउँछु । ललितपुर महानगरभित्र तत्काल रेल चलाउने कुनै योजना छैन ।

हाम्रो महानगरले ८० वर्ष नाघेका वृद्धवृद्धाले अस्पतालमा चेकअप गर्दा केही प्रतिशत खर्च महानगरले व्यहोरिदिने व्यवस्था गर्ने सोचमा छौं ।

महानगरलाई सुन्दर बनाउन थापाथली क्रस गर्ने वित्तिदेखि लगनखेलसम्म सडकको दुबैतिर रहेको फुटपाथमा १५/२० फिट अग्ला रुखहरु रोप्ने योजना बनाएको छु । जसले रातारात सहरलाई हरियाली र सुन्दर बनाउँछ । एउटै प्रकारको रुख रोपिने छ । त्यही रुख रोप्न आवश्यक पर्ने गाडी किन्ने प्रक्रियामा छौं । जे होस् यो सडकमा चाँडैनै रुख रोपिने छ ।

महानगर २४ सै घन्टा खुल्छ कि खुल्दैन ?

पाइलट प्रोजेक्टको रुपमा पाटन दरबार स्क्वायर, पुल्चोक, धोविघाट, झम्सिखेल एरिया २४ सै घन्टा खुलाउने तयारी गरिरहेका छौं ।

पाटन दरबार क्षेत्रमा पर्यटक आकर्षित गर्न के कस्ता योजना बनाउनु भएको छ ?

पाटन दरबार क्षेत्रमा औषतमा पर्यटकहरु १ दिन मात्रै बस्छन् । हामी कसरी पर्यटटकलाई बढीभन्दा बढी समय बस्ने बनाउने भनेर योजना बनाइरहेका छौं । पाटन ढोकादेखि भित्र जाने बाटोमा ढुंगा विछ्याउँछौं । दरबार क्षेत्रभित्र पर्यटकलाई बस्नका लागि ठूला होटेलहरु छैनन् । त्यसैले हामीले यो भित्र बस्नेहरुका लागि होमस्टेको व्यवस्था गर्दैछौं ।

ललितपुर महानगरभित्र लगानी गर्न आउने लगानीकर्ताले कुन क्षेत्रमा कस्तो सहुलित पाउँछन् ?

लगानीकर्ता कसरी आकर्षित गर्ने भन्ने विषय गंभीर हो । हामीले केही योजना बनाएका छौं । तर, यस विषयमा पर्याप्त छलफल भइनसकेकाले अहिले नै मैले यस्तो गर्छौं, उस्तो गर्छौं भनेर भन्न सक्दिनँ । तर, हामी लगानीकर्ता आकर्षित गर्ने विशेष स्किमहरु भने अवश्य ल्याउने छौं । हामीले यहाँको उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शलाई महानगरको आर्थिक विकास गर्न के गर्नुपर्छ भनेर सुझाब मागिसकेका छौं ।

ललितपुरलाई शैक्षिक हब बनाउने कुरा के भइरहेको छ ?

ललितपुरलाई शैक्षिक हब बनाउनका लागि मैले प्याब्सन र एनप्याब्सनलाई सुझाब र प्रस्ताब दिन अनुरोध गरेको छु ।

पाँच वर्षपछि महानगर कस्तो हुन्छ ?

यसबारे मैले धेरै बोलिरहनु भन्दा पनि मैले चुनाबमा जाँदा जनतासमक्ष प्रस्तुत गरेको घोषणापत्र शतप्रतिशत कार्यान्वयन गर्छु ।

वृद्धभत्ता त बढाउनु भएन नि ?

अहँ । हामी वृद्धभत्ता बढाउँदैनौ । र, वास्तममै भन्ने हो भने अहिले जसरी महानगरपालिकाहरुले आफूखुसी वृद्धभत्ता बढाइरहेका छन् । जसमा नेपाल सरकारले हस्तक्षेप गरेर वृद्ध भत्ता बढ्न दिँदैन । र, दिनु हुँदैन पनि । हाम्रो महानगरले ८० वर्ष नाघेका वृद्धवृद्धाले अस्पतालमा चेकअप गर्दा केही प्रतिशत खर्च महानगरले व्यहोरिदिने व्यवस्था गर्ने सोचमा छौं ।


पुष्प दुलाल