यी हुन् ‘अटो शो’मा देखिने नयाँ कार



काठमाडौं । नाडा अटो शो र दशैंलाई लक्षित गरेर यतिखेर व्यवसायीहरुले धमाधम नयाँ कार भित्र्याइरहेका छन् । अटो शो र दशैं/तिहारमा बढी गाडी बिक्री हुने भएकाले व्यवसायीहरुले नयाँ कार भित्र्याएका हुन् । यही भदौ दोस्रो सातादेखि राजधानीको भृकुटीमण्डपमा नाटा अटो शो हुँदैछ ।

केही कम्पनीले नयाँ कार सार्वजनिक नै गरिसकेका छन् भने कतिपयले अटो शोमा सार्वजनिक गर्नेछन् । ग्राहकहरुले मूल्यको ३५ प्रतिशत डाउन पेमेन्ट भुक्तानी गरेर गाडी किन्न सक्छन् । बाँकी ६५ प्रतिशतसम्म बैंकले ऋण दिन्छन् ।

डाटसन ‘रेडी गो’

जापानी डाटसन ब्रान्डको ‘रेडी गो’ को नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले १००० सीसी क्षमताको गाडी अटो शोमा देख्न पाइने छ । यसअघि नेपाल भित्रिएको ८०० सीसीको रेडी गो लोकप्रिय बनेको थियो । पेट्रोल इञ्जिनको रेडी गो दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ । १००० सीसीको रेडी गोले एक लिटर पेट्रोलमा २२.५ किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ । नेपालका खाल्डाखुल्डी सडकमा रेडी गो चलाउन सहज हुनेछ ।

सुजुकी न्यू डिजायर

सुजुकीले नयाँ स्वरुपमा नयाँ डिजायर भित्राउन लागेको जनाएको छ । नयाँ डिजायरमा सुजुकी बलेनोमा प्रयोग गरिएको हियरटेक च्यासिस प्लेटफर्मको प्रयोग गरिएको छ । कारमा की–लेस इन्ट्री, डीआरएल, रियर भेन्टसहितको अटो एसी, डायमन्ड कट अलोइज् तथा स्टेट अफ आर्ट इन्फोटेनमेन्ट सिस्टम लगायतका सुविधा छन् ।

कारमा डुअल एयर ब्याग, फ्रन्ड डिस्क ब्रेक र ब्याकमा ड्रम ब्रेक प्रयोग गरिएको छ । कारमा १२०० सीसीको भीभीटी पेट्रोल इञ्जिन जडान गरिएको छ । यसले एक लिटर पेट्रोलमा २२ किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ ।

एमजी जिएस एसयुभी

बेलायती ब्रान्ड मोरिस ग्यारेज (एमजी)को नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नोलोजी एन्ड टे«ड प्रालिले २ मोडलका एसयुभी कार नेपाली बजारमा भित्र्याइएको छ । कम्पनीले १५ सय सीसीको एमजी जीएस र दुई हजार सीसीको एमजी एडब्लुडी भित्राएको हो । एमजी जीएस मोडलका गाडीको बजार मूल्य ६५ लाख रुपैयाँभन्दा माथि रहेको कम्पनीले जनाएको छ ।

फक्सवागन न्यू टिग्वान

जर्मन प्रिमियम कार निर्माता भक्सवागनको नेपालका लागि आधिकारिक बिक्रेता विशाल समूहले नयाँ टिग्वान सार्वजनिक गरिसकेको छ ।एमरोक पिकअप गाडी पनि नेपाल भित्राइएको कम्पनीले जनाएको छ । एमरोक पिकअपको मूल्य ८२ लाखदेखि सुरु भई ९२ लाख रुपैयाँसम्म पर्छ ।

कम्पनीले नयाँ टिग्वानको मूल्य ९९ लाखदेखि १ करोड २८ लाख रुपैयाँसम्म पर्ने जनाएको छ । चारवटै भेरियन्टको ग्राउन्ड क्लियरेन्स दुई सय एक मिलिमिटर छ । कारमा ६० लिटर इन्धन क्षमताको ट्यांकी छ । कारको अधिकतम स्पिड प्रतिघन्टा एक सय १० देखि भेरियन्ट अनुसार दुई सय ८ किलोमिटरसम्म छ ।

टाटा टिगोर

भारतीय अटो निर्माता कम्पनी टाटाको कम्प्याक्ट सेडान कार ‘टिगोर नेपाली बजारमा भित्राइसकेको छ । कम्प्याक्ट सेडान टिगोरमा मल्टी ड्राइभ मोडका लागि नयाँ रिभोटर्न १२ सय सीसीको शक्तिशाली पेट्रोल इन्जिन जडान गरिएको कम्पनीले जनाएको छ ।

टिगोर कार ‘एक्सईु, ‘एक्स्टीु, ‘एक्सजेडु र एक्सजेड अटोमेटिक गरी चारवटा भेरियन्टमा छ । यो विभिन्न ६ कलर कपर ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लू र बेरी रेडमा उपलब्ध छ । कारको सुरुआती मूल्य २३ लाख ४५ हजार र अधिकतम मूल्य २९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

रेनोल्ट डस्टर
फ्रान्सेली कम्पनी रेनोल्टले गत वर्ष कम्प्याक्ट एसयुभी डस्टर र कम्प्याक्ट ह्याचब्याक क्विडसहित डस्टर पेट्रोल इञ्जिनमा एएमटी र डिजेल इञ्जिनमा आरएक्सएस भेरियन्ट भित्राउन लागेको छ । नेपाली बजारमा ३५ लाखदेखि ५६ लाख रुपैयाँसम्मको पर्ने कम्पनीले जनाएको छ ।


पुष्प दुलाल