प्रतिबन्धित भारु नोट छिट्टै साटिने भारतीय वित्तमन्त्रीको बचन



काठमाडौं । भारतले नेपालमा रहेका प्रतिबन्धित हजार र ५ सय दरका भारु नोट साट्न विषेश पहल गर्ने बचन दिएको छ ।

नेपाल इन्भेष्टमेन्ट समिटमा प्रमुख वक्ताको रुपमा काठमाडौं आएका भारतीय बित्तमन्त्री अरुण जेट्लीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालसँग भएको बिषेश भेटघाटमा यस्तो बचन दिएका हुन् ।

गभर्नर डा. नेपाल र भारतीय बित्तमन्त्रीबीच बिहिबार साँझ होटल द्धारिकामा विषेश भेटवार्ता भएको थियो । सो भेटमा भारतीय बित्तमन्त्री जेट्लीले दुबै देशका केन्द्रीय बैंकले मोडालिटी तय गरेपछि सरकारी तहमा यो समस्या समाधान गर्ने बचन दिएका गभर्नर डा. नेपाल निकट स्रोतले जानकारी दियो ।

‘नेपालीसँग भएका भारु नोट साट्ने विषयमा विषेश पहल गरिने बचन भारतीय बित्तमन्त्रीले दिनुभयो, राष्ट्र बैंक र भारतीय केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डियाबीच जुन प्रकारको मोडालिटीमा नोट साट्ने गृहकार्य भइरहेको थियो, त्यसै अनुरुप प्रक्रिया अगाडि बढ्ने भनिएको छ,’ भेटपछि गभर्नर निकट स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

सो भेटमा नेपालमा लगानी बढाउनको लागि आयोजना गरिएको इन्भेष्टमेन्ट समिटप्रति आफू धेरै नै खुसी भएको वित्तमन्त्री जेट्लीले प्रतिक्रिया दिएका थिए । लगानी बृद्धि गर्नको लागि नेपालले नीतिगत आकर्षण गर्नुपर्ने सुझाब पनि वित्तमन्त्री जेट्लीले दिएका स्रोतको भनाइ छ ।

यो पनि पढ्नुहोस् – भारतीय टोलीलाई पाँच बैंकका प्रतिनिधिको ब्रिफिङ


क्लिकमान्डु