१६ विदेशी लगानीकर्ताको १३ खर्ब ६० अर्ब लगानी गर्ने घोषणा (सूचिसहित)



काठमाडौं । राजधानीमा भएको अन्तराष्ट्रिय लगानी सम्मेलनमा सहभागीमध्ये १६ लगानी कर्ताले १३ खर्ब ६० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । लगानीकर्ताहरुले १३ अर्ब ५२ करोड अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता गरेका हुन् ।

लगानीकर्ताहरुले घोषणा गरेको लगानी प्रतिवद्धता प्रतिडलर १०० रुपैयाँका दरले गर्दा १३ खर्ब ५२ अर्ब रुपैयाँ हुन आउँछ । तर, अहिलेको डरलको मूल्य अनुसार लगानीकर्ताले गरेको घोषणा १३ अर्ब ६० अर्ब रुपैयाँको हाराहारी हुन्छ ।

राजधानीमा पत्रकार सम्मेलन गरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनमा विदेशी लगानीकर्ताहरुले गरेको लगानीको प्रतिवद्धता सार्वजानिक गरे ।

सरकारले लगानी सम्मेलनबाट १ खर्ब रुपैयाँ बराबरको लगानी देशमा भित्रिने आशा गरेको थियो । सरकारले अपेक्षाा गरेकाभन्दा १२ गुणा बढी लगानीको प्रतिवद्धता आएको हो ।

सम्मेलनमा २ सय ८५ जना विदेशी लगानीकर्ता र बाँकी नेपाली लगानीकर्ता गरी कूल  ७ सय ७५ जना सहभागी थिए ।

सरकारले सेकेन्ड ‘जेनेरेसन इन्भेष्टमेन्ट’को थालनी गर्ने अवसरका रुपमा व्याख्या गरेको सम्मेलनमा विश्वका विभिन्न देशका २ सय ४० लगानीकर्ता  सहभागी भएका थिए ।

कुनदेशबाट कति ?

सीइओ अधिकारीका अनुसार  चीनबाट ८.३ बिलियन डलर अर्थात् ८ खर्ब ३० अर्ब नेपाली रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता भएको छ । त्यसैगरी बंगलादेशबाट २.४ बिलियन डलर अर्थात २ खर्ब ४० अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता भएको छ ।

त्यसैगरी श्रीलंकाबाट ५० करोड डलर अर्थात् ५० अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ ।

नेपालको दक्षिणतर्फको छिमेकी भारतबाट भने जम्मा ३१ करोड ७० लाख डलर अर्थात ३१ अर्ब ७० करोड रुपैयाँ लगानीको प्रंतिवद्धता आएको छ ।

त्यसैगरी सम्मेलनमा नेपाली लगानीकर्ताहरुको तर्फबाट ११ अर्ब ५० करोड रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ ।

यसअघिको लगानी सम्मेलन र भावी चुनौति

सरकारले आजभन्दा २५ वर्षअघि पनि यस्तै प्रकारको लगानी सम्मेलन गरेको थियो ।

०४९ सालमा भएको सम्मेलन गरेपछि ३ अर्ब ८ करोड रुपैयाँ बैदेशिक लगानीको प्रतिवद्धता आएको थियो । सरकारले आर्थिक उदारीकरणको नीति लिएपछि बैदेशिक लगानी आकर्षित गर्नका लागि लगानी सम्मेलन गरेको थियो ।

त्यसबेला सरकारले लगानीकर्तासामू ३ सय वटा परियोजना प्रस्तुत गरेको थियो । लगानीकर्ताहरुले घोषणा गरेको रकम उल्लेख्य भएपनि सम्मेलनपछि सरकारले फलोअप गर्न नसक्दा सो अनुसारको लगानी भने आउन सकेको थिएन ।
अहिले पनि लगानीकर्ताहरुले नेपालको बजेटको आकार भन्दा ठूलो लगानीको प्रतिवद्धता जनाएका नेपालको बजेटको आकार भन्दा ३ खर्ब रुपैयाँ बढी लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

सरकारले फलोअप गर्न सकेन भने लगानीकर्ताले घोषणा गरेको यो लगानी देश भित्रिने छैन । त्यसका लागि सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नु अत्यावश्यक छ ।

त्यो भनेको लगानीकर्ताको लगानी र प्रतिफलको सुरक्षा हो । त्यसका अलावा नीतिगत, राजनीतिक स्थायित्व र कर्मचारी प्रशासनको सहयोग लगानी भित्र्याउनका लागि महत्वपूर्ण हुन्छ ।

सम्बन्धित समाचारहरु

चौधरी समूहले सूचना प्रविधिमा अढाई अर्ब लगानी गर्ने निर्वाण चौधरीको घोषणा 

विद्युत् प्राधिकरणलाई नाफामा लैजान कुलमानले ल्याए नयाँ शूत्र 

नेपालको कृषि क्षेत्रमा १ अर्ब लगानी गर्ने बंगलादेशको प्रतिवद्धता

लगानीकर्तालाई भौतिक पूर्वाधारमन्त्री लेखकको आग्रह- चार ‘ज’ मा लगानी गर्नुहोस् 

मलेसियाबाट काठमाडौंसम्म रेल !

जेट्लीको सुझावः प्राकृतिक स्रोतमा विदेशी लगानी भित्र्याउनुस् 

बोटलर्सका एमडीको अनुभव- नेपाल यस्तो देश हो, जहाँ थोरै लगानी गर्दा धेरै फाइदा हुन्छ 

लगानीकर्तासामू प्रचण्ड, देउवा र ओलीको एउटै बोली, सम्मेलनमा कसले के-के भने ?

उद्योगमन्त्रीको घोषणा- लगानीको वातावरण बन्यो, १० वर्षपछि कुनै नेपाली रोजगारी खोज्दै विदेश जानु पर्दैन 

राजनीतिक संक्रमणकाल सकियो, अब आर्थिक विकास: प्रचण्ड

अर्थमन्त्री महराले भने- सबैखाले लगानीलाई हाम्रो स्वागत छ


पुष्प दुलाल